२०८३ बैशाख २ गते, बुधबार ०४:२५

गौरमा सांसद अमरेशकुमार सिंहको पुतला दहन, माफी माग्न माग 

रौतहट-

रौतहटको सदरमुकाम गौरमा संघीय सांसद अमरेशकुमार सिंहको पुतला दहन गरी प्रदर्शन गरिएको छ। सांसद सिंहले शुक्रबार सदनमा मेयर शम्भु साहविरुद्ध गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनका समर्थकहरूले गौर नगरपालिकाका पदाधिकारीहरूसँग मिलेर विपी चौकमा पुतला दहन गरेका हुन्।

प्रदर्शनकारीहरूले ब्यानर र प्लेकार्ड बोकेर सांसद सिंहको पुतला दहन गर्दै उनलाई गौरवासीसँग तत्काल माफी माग्न चेतावनी दिएका छन्। उनीहरूले सांसद सिंहले माफी नमागेमा उनविरुद्ध कानुनी कारवाही गर्ने धम्की पनि दिएका छन्।

नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरू, वडा सदस्य तथा स्थानीय नागरिकहरूले ‘सांसद सिंह मुर्दावाद’, ‘भगौडा सांसद अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग’ भन्दै नाराबाजी गरेका थिए।

सांसद सिंहले सदनमा दिएको बक्तव्यले गौर नगरपालिकाका नागरिकहरूमा रोष पैदा गरेको छ। प्रदर्शनकारीहरूले सांसदले आफ्नो गैरजिम्मेवारीपूर्ण बक्तव्य फिर्ता लिनुपर्छ भन्दै उनीहरूको आक्रोश व्यक्त गरेका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस