२०८३ कार्तिक २२ गते, आईतवार ३:३१

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु जनकपुर धाम फर्किए

काठमाडौं –

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् ।

१४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् ।

धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत शुरु भएको थियो । फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फर्किरहेका परिक्रमा यात्री (भोलि) शुक्रवार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ ।

प्रतिक्रिया

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

वीरगन्जका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि निवासमै मेयर निकट व्यक्तिहरूको समूहले दुर्व्यवहार र गालीगलौज

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि उनकै निवासमा

पोडकास्ट सुन्नुहोस