२०८३ आश्विन ५ गते, सोमबार ०९:४३

पीडितकेन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरुमा विवाद छैनः अध्यक्ष दाहाल

काठमाडौं-

नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरुबीच विवाद नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताउनु भयो । उहाँले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरुलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको जिकिर गर्नुभयो ।

उहाँले राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा स्पष्ट रहेको बताउनु भयो ।

अध्यक्ष दाहालले विवाद र विमतिका बीचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरु लागिरहेको बताउनु भयो ।

प्रतिक्रिया

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

पोडकास्ट सुन्नुहोस