२०८३ आश्विन ५ गते, सोमबार ०९:४२

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित

काठमाडौं-

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

बिहीवार राष्ट्रिय सभा बैठकको कारबाही शुरु गर्न खोज्दा विपक्षीहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गर्नुभएको हो । विपक्षीहरु उठेर विरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले नेकपा  (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसाललाई बोल्न समय दिनुभएको थियो ।

डा.भुसालले कुलमान घिसिङलाई सरकारले गरेको पदमुक्तको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आएर जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने अडान लिनुभयो ।

अवरोधका बीच अध्यक्ष दाहालले नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलालाई बोल्न समय दिनुभयो । सांसद सिटौलाले सरकारले ल्याएको विधेयक ६० दिन भित्र प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता भएकाले बैठक सुचारु गर्न आग्रह गर्नुभयो । उहाँले विपक्षीहरुले ६० दिनको समय सीमा कटाउनका लागि अवरोध सिर्जना गरेको आरोप लगाउनु भयो ।

पटक पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरुले अवरोध कायमै राखेपछि अध्यक्ष दाहालले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

प्रतिक्रिया

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत 

काठमाडौं – भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको

पोडकास्ट सुन्नुहोस