२०८३ आश्विन २७ गते, मंगलवार १७:५०

प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ, अर्को कोही राजा चाहिँदैनः दुर्लभ थापा

काठमाडौं-

नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा र रानीको आवश्यकता नरहेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जनचाहानाअनुसार नेतृत्व परिवर्तन गर्न पाउने अधिकार आम नागरिकलाई भएको कारण व्यवस्था परिवर्तनको आवश्यकता नरहेको उहाँको भनाइ छ ।

उहाँले प्रधानमन्त्री तथा आफ्ना प्रतिनिधिले चित्तबुझ्दो र जनआकांक्षाअनुसार काम गर्न नसके जनताले स्वीकार नगर्ने भन्दै सबैले जनहितमा काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले एकथरी पार्टीहरु मिसन ०८४ भन्दै हिँडेको उल्लेख गर्दै उहाँले काम गर्न कुनै वर्ष कुर्न नपर्ने बताउनु भयो ।

मुलुकले थप अन्धकार र आन्दोलन थेग्न नसक्ने उल्लेख गर्दै उहाँले संविधानले नचिन्ने राजा ल्याउन लहलहैमा नलाग्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस