२०८३ बैशाख १ गते, मंगलवार १८:५९

विरगन्ज निःशुल्क कान शल्यक्रिया शिविर सम्पन्न, ९० जनाले पाए नयाँ जीवन

विरगन्ज-

 रूंगटा वेलफेयर सोसाइटी र रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा विरगन्जमा सम्पन्न भएको चार दिने निःशुल्क कान शल्यक्रिया शिविरले ९० जना बिरामीलाई नयाँ जीवन प्रदान गरेको छ। विरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित इम्प्याक्ट नेपाल रूंगटा वेलफेयर कान उपचार केन्द्रमा चैत ११ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको शिविरले स्थानीय बासिन्दामा खुसीको लहर ल्याएको छ।

शिविरमा ११० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमध्ये ९० जनाको सफल कान शल्यक्रिया गरिएको आयोजक संस्थाले जनाएको छ। शल्यक्रिया गरिएकामध्ये ३१ जना पुरुष, ४२ जना महिला र १७ जना बालबालिका रहेका छन्। यो निःशुल्क सेवाबाट बारा, पर्सा, रौतहट लगायतका जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत बिरामीहरू लाभान्वित भएका छन्।

शिविरको समापन समारोहमा रिलिफ सोसाइटी अफ कमर्स पर्सा, वीरगञ्जका अध्यक्ष योगेन्द्र प्रसाद यादवले यस्तो सेवाले समाजमा सकारात्मक प्रभाव पारेको बताए। प्रमुख अतिथि मुर्लीधर रूंगटाको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

रिलिफ सोसाइटी अफ कमर्स वीरगञ्ज पर्साका महासचिव निरज अग्रवालले जानकारी दिएअनुसार, यस शिविरसहित अहिलेसम्म १ हजारभन्दा बढी व्यक्तिले निःशुल्क कान शल्यक्रियाबाट लाभ उठाइसकेका छन्। “यो शिविरले आर्थिक रूपमा विपन्न तथा पहुँच नपुगेका बिरामीहरूलाई ठूलो राहत मिलेको छ,” उनले भने, “भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने हाम्रो योजना छ।”

शिविरमा सहभागी बिरामीहरूले निःशुल्क शल्यक्रियाबाट नयाँ जीवन पाएकोमा आयोजक संस्थालाई धन्यवाद दिएका छन्। उनीहरूले यस्ता शिविरहरूले गरिब तथा विपन्न वर्गका लागि ठूलो सहयोग पुग्ने बताए।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस