२०८३ बैशाख १ गते, मंगलवार २१:५७

ट्याक्टर दुर्घटनामा पर्साका १९ वर्षीय युवकको मृत्यु

वीरगन्ज  –

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १९ ज्यामिरेमा आज बिहान ट्याक्टर दुर्घटनामा परेर १९ वर्षीय युवकको मृत्यु भएको छ। मृतक पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ४ हरपुर निवासी सद्दाम हुसेन हुन्।

दुर्घटना शनिबार बिहान ज्यामिरे खोलाबाट बालुवा लिएर हेल्थपोष्टतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर घट्न पुगेको हो। प्रहरी प्रतिवेदन अनुसार, बा.प्र. २(०३)००१ त ४३७१ नं.को ट्याक्टरको अगाडिको इन्जिन भाग उठी अचानक दुर्घटना भएको थियो। घटनाको समयमा ट्याक्टरले च्यापिएर चालक हुसेनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।

युवकको मृत्युले परिवारमा शोक छाएको छ भने स्थानीयस्तरमा सडक सुरक्षा सम्बन्धी चिन्ता बढेको छ। प्रहरीले दुर्घटनाको कारण तथा अन्य विवरण थप अनुसन्धान गरिरहेको बताएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस