२०८३ बैशाख २ गते, बुधबार ०४:३२

अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना

काठमाडौं-

अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले धर्ना दिएको छ ।

आईतवार बिहान काठमाडौंको माईतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरत्साहित गर्न माग गर्दै धर्ना दिएको हो ।

उनीहरुले गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर, निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, जनताको सुरक्षामा कुनै सम्झौता नगर लगायतका प्लेकार्ड र नारा लगाइ धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गैरसकारी संस्था महासंघका अध्यक्ष एवं वृहत नागरिक धर्ना अभियानका संयोजक समेत रहनुभएका अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत, सशक्त हुन र लोकतन्त्रको पक्षमा उभिन आग्रह गर्नुभयो ।

केही दिनयता देखिएका घटनाहरु घुन पुतली भएको टिप्पणी गर्दै लोकतन्त्रमा लागेको घुन पुतलीलाई निमिट्यान्न पार्नुपर्ने बताउनु भयो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर गर्नुभयो ।

देशभर लोकतन्त्रलाई बलियो बनाउन आह्वान गर्दै अहिलेका घटनामा गम्भीर हुन र जनताको निराशालाई चिर्न सेवा प्रवाहमा सहजता प्रदान गर्न आग्रह गर्नुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस