२०८३ बैशाख २ गते, बुधबार ०४:२५

राप्रपाको पर्सा जिल्ला सदस्यमा विजेन्द्र झा मनोनयन

पर्सा-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला कार्य समितिले नयाँ जिल्ला जिल्ला सदस्यमा विजेन्द्र झा मनोनयन गरेको छ। राप्रपाको पर्सा जिल्ला कार्य समितिको हालै बसेको बैठकले झालाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।

राप्रपाको जिल्ला कार्य समितिको पत्रअनुसार, विजेन्द्र झालाई जिल्ला कार्य समितिको सदस्य पदमा नियुक्त गरिएको र सोही अनुरूप उनले जिम्मेवारी सम्हाल्ने गरी पार्टीको विधानअनुसार काम गर्ने उल्लेख छ। झालाई पार्टीको विधान र नियमअनुसार जिम्मेवारी सम्हाल्न र गतिविधिहरू सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, उनलाई जिल्ला कार्य समितिको सदस्यका रूपमा स्वीकार गर्न र आवश्यक सहयोग गर्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई आह्वान गरिएको छ।

जिल्ला सदस्य झाले आफ्नो नियुक्तिप्रति खुसी व्यक्त गर्दै पार्टीको सिद्धान्त र नीतिलाई आत्मसात् गरी पर्सा जिल्लामा राप्रपालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, मलाई यो जिम्मेवारी दिएकोमा पार्टीप्रति आभारी छु। पर्सा जिल्लामा पार्टीको संगठन विस्तार र जनताको हितमा काम गर्न म प्रतिबद्ध छु।

राप्रपाको पर्सा जिल्ला कार्य समितिका अध्यक्ष सुमेवरनाथ उपाध्यायले झाको नियुक्तिले पार्टीको संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। उनले झाको नेतृत्वमा पार्टीले नयाँ उचाइ हासिल गर्ने अपेक्षा राखेका छन्।

राप्रपाले पछिल्लो समय स्थानीय स्तरमा आफ्नो संगठन विस्तार र सक्रियता बढाउँदै आएको छ। झाको नियुक्तिलाई पनि सोही रणनीतिका रूपमा हेरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस