२०८३ बैशाख २ गते, बुधबार ०४:२७

चैती छठ पर्वको दोस्रो दिन आज खरना विधि सम्पन्न हुँदै

पर्सा-

चार दिनसम्म मनाइने चैती छठ पर्वको दोस्रो दिन आज (बुधबार) खरना विधि सम्पन्न हुँदैछ। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ दूध, चामल र सख्खर मिसाएर पकाइएको खिर (रसियाव), रोटी, केरा, मिठाइ तथा अन्य फलफूल प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको छ।

छठ पर्वको तयारीस्वरूप यस वर्ष पनि पोखरी, नदी, तलाउ तथा जलाशयहरूको सरसफाइ गरी आकर्षक रूपमा सजाइएको छ। हिजो (मंगलबार) पहिलो दिन व्रतालुहरूले नहायखाय विधि सम्पन्न गरेका थिए। नहायखायको दिन व्रतालुहरूले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए।

भोलि (बिहीबार) षष्ठी तिथिमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिनेछन्। त्यसैगरी, सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य प्रदान गर्दै छठ पर्वको विधिवत समापन गरिनेछ। कठोर नियमसहित मनाइने यो पर्व वर्षमा दुई पटक—कार्तिक र चैत महिनामा मनाउने गरिन्छ।

छठ पर्व विशेषगरी सूर्यदेवको उपासना र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा परिचित छ। यो पर्वमा व्रतालुहरूले कठोर व्रत बसी सन्तानको सुख, समृद्धि र दीर्घायुको कामना गर्छन्। पर्वको अवसरमा देशका विभिन्न स्थानमा विशेष चहलपहल देखिएको छ।

स्थानीय प्रशासनले पनि छठ पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन जलाशयहरूको वरपर सुरक्षा व्यवस्था कडा बनाएको छ। साथै, सरसफाइ र सजावटमा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस