२०८३ बैशाख १ गते, मंगलवार २३:१४

 वीरगन्जमा ‘मधेश साहित्य महोत्सव’ सुरु, साहित्य र संस्कृतिको प्रवर्द्धनमा जोड

वीरगन्ज-

नेपालको आर्थिक मेरुदण्ड र ऐतिहासिक सामाजिक आन्दोलनहरूको केन्द्रबिन्दु वीरगन्जमा ‘मधेश साहित्य महोत्सव’ सुरु भएको छ। मधेश क्षेत्रको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सवले नेपालका २२ वटा तराई (मधेश) जिल्लाहरूको कला, भाषा, संस्कृति र साहित्यलाई समेट्दै विस्तार गर्ने परिकल्पना गरेको छ।

महोत्सवको उद्घाटन समारोहमा बोल्दै आयोजकले वीरगन्ज सधैँ सामाजिक सुधार र आन्दोलनहरूको केन्द्र रहँदै आएको बताए। “चाहे त्यो नेपालको प्रजातान्त्रिक आन्दोलन होस् वा मधेश आन्दोलन, नागरिक अधिकारका विषयमा उठाइएका आवाजहरू हुन् वा औद्योगिक तथा व्यापारिक विकासका योजनाहरू, वीरगन्जको भूमिका सधैँ अग्रणी रहँदै आएको छ,” आयोजकको भनाइ थियो। यही ऐतिहासिक भूमिमा साहित्य र संस्कृतिको प्रवर्द्धन गर्दै नवीन विचारहरूको आदान-प्रदान गराउन र नवोदित प्रतिभाहरूलाई प्रोत्साहित गर्न यो महोत्सव महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

आयोजकले साहित्यलाई समाजको ऐनाका रूपमा चित्रण गर्दै यसले परिवर्तनका लहरहरू सिर्जना गर्न सक्ने बताए। “साहित्य र संस्कृतिले समुदायहरूलाई जोड्ने पुलको काम गर्छ। मधेश साहित्य महोत्सवले यही भावनालाई बोकेको छ,” आयोजकले भने। महोत्सवमार्फत नेपाली साहित्यको विविधता, मधेशी समाजका मुद्दाहरू, भाषिक र सांस्कृतिक विशेषताहरूलाई उजागर गर्दै साहित्यिक पुनर्जागरण ल्याउने प्रयास हुने उनीहरूको भनाइ छ।

महोत्सवको पहिलो संस्करणमा नेपालका ख्यातिप्राप्त साहित्यकार, कलाकार, पत्रकार, युवा सर्जक र सामाजिक अभियन्ताहरूले आ-आफ्ना विचार, अनुभूति र सिर्जनाहरू प्रस्तुत गर्नेछन्। विभिन्न बहस, अन्तरक्रिया, कविता वाचन, साहित्यिक प्रस्तुति र सांस्कृतिक कार्यक्रमहरू मार्फत मधेशको सम्पूर्ण साहित्यिक परम्परालाई एकीकृत गर्ने यो महोत्सवले भविष्यमा अझ ठूलो दायरा समेट्ने योजना बनाएको छ।

महोत्सवलाई भव्य रूपमा सफल बनाउन नागरिक समाज, सञ्चार माध्यम, स्थानीय निकाय, युवा स्वयंसेवक र विभिन्न संघ-संस्थाहरूले महत्त्वपूर्ण सहयोग गरेको आयोजकले बताएका छन्। वीरगन्ज महानगरपालिका, मधेश विश्वविद्यालय, विभिन्न व्यापारिक प्रतिष्ठान, वित्तीय तथा बीमा क्षेत्रका संस्था, शैक्षिक संघ-संस्थाहरू, कला र सांस्कृतिक निकाय, पत्रकार महासंघ र सम्पूर्ण सञ्चारकर्मीहरूप्रति आयोजकले विशेष आभार व्यक्त गरेका छन्।

नेपालको साहित्यिक क्षेत्रको समृद्धिमा यो महोत्सवले नयाँ परिप्रेक्ष्य थप्ने विश्वास लिइएको छ। मधेशको गौरवशाली इतिहास, वर्तमान सम्भावना र भावी योजनाहरूलाई मूल मञ्चमा ल्याउन यो महोत्सव महत्त्वपूर्ण सावित हुने आयोजकको विश्वास छ।

यसै अवसरमा आयोजकले सम्पूर्ण साहित्यप्रेमी, कलाकर्मी, समाजसेवी, विद्यार्थी र वीरगन्ज तथा मधेशको पहिचानप्रति गर्व गर्ने सबैलाई यो ऐतिहासिक साहित्य महोत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस