२०८३ बैशाख २ गते, बुधबार ०४:२५

नेपाली सेनाको टोली भूकम्पपीडितको राहत र उपचारका लागि म्यानमार प्रस्थान

काठमाडौं –

म्यानमारमा हालै गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न नेपाली सेनाको एक टोली राहत र मेडिकल सामग्रीसहित म्यानमार प्रस्थान गरेको छ। नेपाल सरकारको निर्देशनमा सेनाले आज मेडिकल टोली र राहत सामग्री लिएर म्यानमार पठाएको हो।

नेपाली सेनाका अनुसार, प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा २२ जनाको टोली सेनाको सीएन–२३५ सीएएसए विमानमार्फत म्यानमार गएको छ। टोलीमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र छ जना क्रु मेम्बर समावेश छन्। चिकित्सकीय टोलीमा शल्यचिकित्सक, अर्थोपेडिक चिकित्सक, मेडिसिन चिकित्सक, नर्स र प्यारामेडिकहरू रहेका छन्। उनीहरूले विभिन्न औषधि र आवश्यक सामग्रीसहित भूकम्पमा घाइते भएकाहरूको उपचार गर्नेछन्।

सेनाले जनाएअनुसार, यो टोलीले म्यानमारमा करिब एक साता बसेर भूकम्पपीडितहरूको उपचार र राहत कार्यमा सहयोग गर्नेछ। म्यानमारमा भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएपछि नेपालले मानवीय सहायताको हिस्सामा यो कदम चालेको हो।

यसैबीच, सरकारले नेपाल वायु सेवा निगमको जहाजमार्फत थप राहत र मेडिकल सामग्री म्यानमार पठाउने तयारी गरेको छ। यो सहयोगले नेपाल र म्यानमारबीचको आपसी सहकार्य र मानवीय संवेदनशीलतालाई झल्काउने अपेक्षा गरिएको छ।

नेपाली सेनाको यो पहलले अन्तर्राष्ट्रिय समुदायमा नेपालको सकारात्मक छवि प्रस्तुत गर्नुका साथै भूकम्प प्रभावित म्यानमारका नागरिकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस