२०८३ बैशाख १ गते, मंगलवार १७:३०

कलैया उपमहानगरपालिकाका कर्मचारी र सागर वी फर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद बर्णवालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार उपमहानगरपालिकाका शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागर वी फर्मा हेटौंडा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश साहविरुद्ध पनि मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सहसचिव राजेन्द्रप्रसाद पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा सेनिटरी प्याड खरिदमा अनियमितता भएको पाइएको छ। कलैया उपमहानगरपालिकाका कर्मचारीहरूले सागर वी फर्मासँग मिलोमतो गरी सार्वजनिक खरिद नियमावली र सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधिको उल्लंघन गरेको आरोप छ।

अनुसन्धानका क्रममा २०७७ मंसिर १९ मा टिप्पणी निर्णयबाट सेनिटरी प्याडको अस्वाभाविक मूल्य प्रतिप्याकेट ७९ रुपैयाँ १ पैसा कायम गरी लागत इस्टिमेट स्वीकृत गरिएको पाइएको छ। कर्मचारीहरूले एकै परिवारका नाममा रहेका तीन फरक फर्मको बोलपत्र पेश गराएर प्रतिप्याकेट ७८ रुपैयाँमा ठेक्का दिएको, तर अर्को आर्थिक वर्ष २०७८/७९ मा सोही कम्पनीबाट प्रतिप्याकेट २४ रुपैयाँमा सेनिटरी प्याड खरिद गरेको देखिएको छ।

पौडेलका अनुसार अघिल्लो वर्षको तुलनामा प्रतिप्याकेट ५४ रुपैयाँ बढी मूल्य कायम गरी ९६,२८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी गरेको पाइएको छ। सोही रकमलाई बिगो कायम गरी उपमहानगरपालिकाका चार कर्मचारीविरुद्ध कैद र बिगोबमोजिम जरिवाना सजाय माग गरिएको छ।

यस्तै, सागर वी फर्मा र प्रोप्राइटर विमलेश साहले कर्मचारीसँगको मिलोमतोमा ५१ लाख ९९ हजार १२० रुपैयाँ बढी भुक्तानी लिएको भन्दै उनीहरूलाई पनि सोही बराबरको बिगो कायम गरी मुख्य कसुरदारसरहकै सजाय माग गरिएको छ।

यो घटनाले स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितताप्रति गम्भीर प्रश्न उठाएको छ। आयोगले यस्ता गतिविधिविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस