२०८२ फाल्गुन ४ गते, सोमबार ११:३९

महिला टी-२० विश्वकप एशिया छनोट : बहराइन र हङकङ खेल्दै

काठमाडौं—

आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको समूह चरणको अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। थाइल्यान्डको बैंककस्थित एआईटी मैदानमा दिउँसो १२:१५ बजे शुरू हुने यो खेलले नेपालको सुपर थ्री प्रवेशको टुङ्गो लगाउनेछ।

यदि हङकङले यो खेल हार्‍यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ। बराबरीको नतिजाले भने नेट रनरेटका आधारमा हङकङ सुपर थ्रीमा प्रवेश गर्नेछ। बिहीबार भएको खेलमा नेपालले बहराइनलाई डीएलएस नियमअनुसार ६ विकेटले पराजित गरेको थियो।

यो जितसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ भने बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा छ।

छनोटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता सुपर थ्रीमा प्रवेश गर्नेछन्। सुपर थ्रीका शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस