२०८२ फाल्गुन ४ गते, सोमबार १०:५२

सांसद ज्वाला साहको सरकारसँग आग्रह : कतारमा गम्भीर बिरामी नेपालीलाई स्वदेश फर्काउन पहल गर

काठमाडौं-

नेकपा एमालेकी सांसद ज्वाला साहले कतारमा गम्भीर बिरामी रहेका एक नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारसँग जोडदार आग्रह गरेकी छन् । शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद साहले कतारको कमिला ट्रेडिङ एण्ड ट्रान्सपोर्ट कम्पनीमा कार्यरत बारा जिल्ला, फेटा गाउँपालिका–७, गमहरियाका समसुल मिया अंसारी विगत चार महिनादेखि अल कुवान अस्पतालमा मृत्युसँग लडिरहेको जानकारी गराइन् ।

सांसद साहले नेपाल सरकारलाई कतार सरकारसँग समन्वय गरी बिरामी अंसारीलाई यथाशीघ्र नेपाल ल्याएर परिवारको जिम्मा लगाउन विशेष पहल गर्न अनुरोध गरिन् । उनले विदेशमा यस्तो कठिन अवस्थामा रहेका नेपाली नागरिकप्रति सरकारले संवेदनशीलता देखाउँदै आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस