२०८२ फाल्गुन ४ गते, सोमबार ११:५४

संघीय निजामती ऐन संशोधन गर्न सकिने: मन्त्री गुप्ता

काठमाडौँ —

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शुक्रबार पारित भएको संघीय निजामती ऐनलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन्। काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर्मचारीका सवाल तथा घरजग्गा कर्जा बीमा कार्यक्रम सम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्दै उनले यो ऐन ढुंगामा लेखिएको अक्षर नभएको र भविष्यमा आवश्यक परे संशोधन गर्न सकिने बताए।

मन्त्री गुप्ताले भने, “संघीय निजामती ऐन सजिलो विषय थिएन। तर आज यो पारित भएको छ। यो ढुंगामा लेखिएको अक्षर होइन, आवश्यकताअनुसार आगामी दिनमा पनि संशोधन गर्न मिल्छ र हामी गर्छौं। यो विधेयकले निजामती क्षेत्रलाई सही ठाउँमा ल्याउनेछ भन्ने हामीले विश्वास गरेका छौं।”

उनले मन्त्रालय सम्हाल्दा संघीय निजामती ऐनलाई प्राथमिकतामा राखेर ल्याउने प्रतिबद्धता गरेको स्मरण गर्दै त्यो प्रतिबद्धता आज पूरा भएको बताए। “मन्त्रालय सम्हाल्दा मेरो प्रमुख काम संघीय निजामती ऐन ल्याउने थियो, जुन ९ वर्षदेखि विचाराधीन थियो। हाम्रो मन्त्रालयका साथीहरू रातदिन खटेर यो ऐन ल्याएका छन्। यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

यसैगरी, मन्त्री गुप्ताले बजेटमा कर्मचारीका माग र सवालहरूलाई अर्थमन्त्रीलगायत सम्बन्धित निकायसँग छलफल गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस