२०८२ फाल्गुन ४ गते, सोमबार १२:०४

जलश्रोत विधेयकले लाभ, हानीका विषयमा बढी जिम्मेवार बनाउने काम गर्छः मन्त्री खड्का

काठमाडौं –

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विगतका कानूनलाई परिमार्जन गर्दै समयानुकुल बनाउनुपर्ने महशुस भएकाले जलश्रोत विधेयक, २०८१ आएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित जलश्रोत विधेयक २०८१ माथिको छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले भएका ऐन कानूनले जलको न्यायोचित बाँडफाँड, संरक्षण गर्नुपर्ने स्थान, जलको क्षमतालगायतका कुरा नसमेटेको अवस्थामा समयसापेक्षित ऐन बनाइएको जानकारी दिनुभयो ।

उहाँले विधेयक सम्पूर्ण जलको विषय, उपयोग, प्रयोग, सदुपयोग र संरक्षणसँगै समुचित बाँडफाँडको जिम्मेवारी आयोगलाई दिइनेगरि ल्याइएको स्पष्ट पार्नुभयो । सांसदहरुले कार्यान्वयनका विषयमा उठाएको सवालमा मन्त्री खड्काले कार्यान्वयन पक्षमा गम्भीर रहेको र सबै मिलेर काम गर्नुपर्ने अवस्थामा सधैं रचनात्मक सुझावको अपेक्षा गरेको बताउनु भयो ।

विद्युत ट्रान्समिसन लाइनका विषयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले विद्युत विधेयक आउन बाँकी रहेको र सो विषय त्यसैमा समेटिने जानकारी दिनुभयो ।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस