२०८३ आश्विन २० गते, मंगलवार ०३:३३

राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान पो भएछः सांसद शाह

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भिजिट भिसामार्फत भएको मानव तस्करी र भ्रष्टाचारका काण्डहरुमा सरकारको मौन रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न सोध्नुभयो । उहाँले भिजिट भिसा प्रकरणलाई जनताले बिर्सिने छन् भन्ने सोचेर गल्ति नगर्न समेत चेतावनी दिनुभयो । शाहले मन्त्री राजकुमार गुप्तालाई कारबाही नगरिएको भन्दै आपत्ति समेत जनाउनु भयो । राजीनामा भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान भएको भन्दै उहाँले कटाक्ष गर्नुभयो ।

भ्रष्टाचारसम्बन्धी अडियो प्रकरणमा मुछिएका मन्त्री र पूर्वमन्त्रीहरूको संलग्नता भनिएपनि उनीहरूलाई अदृश्य शक्तिले जोगाएको आरोप लगाउनु भयो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस