२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५४

वडा अध्यक्षको कडा कारबाही: प्रधानाध्यापक मेहतामाथि छानबिन सुरु, विद्यालयमा शुल्क उठाउन रोक

वीरगन्ज –

वीरगन्ज महानगरपालिका वडा नं. १४ पिपराका वडा अध्यक्ष महबूब एलाहीको कडा कदमपछि सोही वडामा पर्ने सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद मेहता विवादमा तानिएका छन्। विद्यालयमा अनियमितता र गैरकानुनी रूपमा विद्यार्थीहरूसँग आर्थिक संकलन भइरहेको भन्दै वडा अध्यक्ष एलाहीले सार्वजनिक रूपमा विरोध जनाएपछि वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले विद्यालय प्रशासनमाथि छानबिन सुरु गरेको छ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेको हस्ताक्षरमा आज १३ गते जारी गरिएको आधिकारिक पत्रमा, विद्यालयका प्रधानाध्यापक बिनोद मेहतालाई हालसम्मको सम्पूर्ण आय-व्यय विवरणसहित बैंक स्टेटमेन्ट प्रस्तुत गर्न निर्देशन दिइएको छ। साथै आजैको मितिबाट कुनै पनि विद्यार्थी वा अभिभावकबाट शुल्क वा आर्थिक सहयोग रकम संकलन नगर्न कडाइका साथ आदेश दिइएको छ।

वडा अध्यक्ष एलाहीले बिहिवार पत्रकार सम्मेलन गर्दै प्रधानाध्यापक मेहतामाथि विद्यालयबाहिरको निजी किताब पसलहरूमार्फत गैरकानुनी रूपमा रकम संकलन गर्दै आएको आरोप लगाएका थिए। उनले विद्यालयमा शिक्षा माफियाको चलखेल रहेको र महानगरको शैक्षिक शाखा समेत सोही इशारामा चलिरहेको आरोप पनि सार्वजनिक रूपमै लगाएका थिए।

महानगरले विद्यालयमा पारदर्शिता कायम राख्न र प्रशासनिक प्रक्रिया व्यवस्थित बनाउन तत्काल विवरण पेश गर्न भनेको छ। शैक्षिक प्रशासन महाशाखाले विद्यालय प्रशासनसँग सहकार्य गर्दै थप कारबाही प्रक्रिया अघि बढाउने संकेत पनि दिएको छ।

स्रोतका अनुसार, यदि विद्यालयले तोकिएको समयसीमा भित्र माग गरिएको विवरण नपेस गरेमा थप कडा कदम चालिने सम्भावना रहेको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस