२०८३ भाद्र २२ गते, सोमबार २१:१९

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

काठमाडौं-

सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए ।साथै उनको अनुसार घाइतेहरुको निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।

उनले भने,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था गर्ने पनि निर्णय भएको जानकारी गराउँछु ।’
त्यस्तै उनले प्रदर्शनकारीबाट ५९ जना ,कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जनागरी जम्मा ७२ जनाको मृत्यु भएको सरकारी डाटा रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस