२०८३ आश्विन २० गते, मंगलवार ०३:३१

पत्रकार सम्मेलनमा जेन–जी आन्दोलनका अगुवा सुदन गुरूङमाथि हातपात प्रयास

काठमाडौं-

जेन–जी आन्दोलनका अगुवा सुदन गुरूङमाथि हातपातको प्रयास भएको छ। भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा यस्तो घटना भएको हो।

पत्रकार सम्मेलनमा आफ्ना धारणा राखिरहेका गुरूङलाई पत्रकारहरूले बारम्बार प्रश्न सोध्न आग्रह गरिरहे पनि उनी लगातार बोलिरहेका थिए। यही कारण पत्रकारहरूमध्ये केहीले होहल्ला गर्न थालेका थिए।

सोही क्रममा अन्य केही व्यक्तिहरू अगाडि आएर गुरूङलाई बोलिरहेको मञ्चमै हात हाल्न खोजेका थिए। घटनाका कारण गुरूङ आफ्नो भनाइ टुंग्याउन नसक्दै कार्यक्रम अव्यवस्थित भएको थियो।

पत्रकार ऋषि धमलाले वातावरण तनावग्रस्त बनेपछि कार्यक्रम सकिएको घोषणा गरेका थिए। तर कार्यक्रमपछि पनि गुरूङलाई घेरेर प्रश्नको जवाफ दिनैपर्ने दबाब सिर्जना गरिएको थियो।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस