२०८३ आश्विन २० गते, मंगलवार ०३:३१

‘मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो’

काठमाडौं-

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन् ।

विहीबार आफ्नो जलेको घरको अवलोकन गर्दै उनले नेपाली कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण ०४६ सालमा कांग्रेसले खेलेको भूमिकालाई मेटाउन रहेको बताए ।

उनले नेपालको हरेका प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा आफ्नो निवासबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा रहेकोपनि बताए । उनले जेनजी आन्दोलनमा जेनजीहरुकै इतिहास मेटाउने गलत मनसाय नरहेको भन्दै घुसपैठ भएको उल्लेख गरे ।

‘प्रजातान्त्रिक आन्दोलनमा जनतालाई अधिकार दिलाउने कुरामा यस घरबाट ठूलो भूमिका निर्वाह गरेको कुरा इतिहासको पानामा छ । यो घर सबै जनताका लागि राजनीति मन्दिर जस्तो हो भनेर भन्ने गरेका छन् । हुनपनि सबैतिर प्रयास गर्दा पनि अन्तिम सहाराका लागि आउने घर यही हो ।

अहिले आन्दोलनका क्रममा जेनजीले पनि इतिहास मेटाउनुपर्छ भनेर लागेको होइनन् तर घुसपैठ भयो । कांग्रेसले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकताको आधारमा अरु दलहरुलाई पनि समावेश गरेर खेलेको भूमिकालाई लिएर जलाइएको हो ।

कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण नै यही हो’ उनले भने ।
त्यस्तै उनले नेपाली कांगे्रस विधिको शासनलाई लिएर लडेको पार्टी भएकाले आगजनीका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने र दोषिलाई कारवाही हुनुपर्ने बताए ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस