२०८३ आश्विन २० गते, मंगलवार ०३:३४

श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो’

काठमाडौं –

नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित महिला सरकारी वकील सम्मेलनलाई सम्बोधन गर्दै उनले पेसागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् ।

‘विवाह गरेँ, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेसामा आउँदा भने पटक–पटक आत्मग्लानी भएको छ । तर हामी आत्तिनु हुँदैन, म यो ठाउँमा पुग्न धेरै संघर्ष पार गरेर आइपुगेकी हुँ ।’

भण्डारीले महिलाको नेतृत्वले हासिल गरेको वर्तमान अवस्थालाई सकारात्मक परिवर्तनको संकेतको रूपमा लिँदै सबैलाई आशावादी बन्न आग्रह गरिन् ।

‘अब हामी आएका छौं । प्रधानन्यायाधीश महिला पाएका छौं, राष्ट्रपति महिला पाएका छौं, सभामुख महिला पाएका छौं, महान्यायाधिवक्ता पनि महिला पाएका छौं। यसमा हामी खुसी हुनुपर्छ,’ उनले भनिन् ।

महान्यायाधिवक्ता भण्डारीले सरकारी वकिल सेवा र न्यायिक इतिहासको सन्दर्भमा २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तिदेखि सुरु भएको यात्रालाई स्मरण गर्दै उक्त सेवा सरकारको हकहितको संरक्षणमा महत्वपूर्ण रहँदै आएको बताइन् ।

‘आज हामी एउटा ऐतिहासिक क्षणको साक्षी बनेका छौं । विं.स. २००८ सालमा पहिलो महान्यायाधिवक्ताको नियुक्तसँगै सुरु भएको यात्रा सात दशक लामो संस्थागत विकास र सरकारको हकहितको संरक्षणमा सरकारी वकिलले निर्वाह गरेको गौरवशाली योगदानलाई स्मरण गर्दै नयाँ उर्जा र आशाको सञ्चार गरेको छ,’ उनले भनिन्।

कार्यक्रममा महिला सरकारी वकिलहरूको सशक्तिकरण, न्यायिक प्रणालीमा लैङ्गिक समानता, र नेतृत्व विकासका विविध पक्षमा छलफल भएको थियो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस