२०८३ आश्विन २० गते, मंगलवार ०३:३३

वीरगन्ज महानगरपालिका–८ को कार्यालयमा आगलागी

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ को कार्यालयमा आज बिहान आगलागी हुँदा विभिन्न सामान जलेर नष्ट भएका छन्।

वडा अध्यक्ष रितेस गुप्ताका अनुसार बिहान १० देखि ११ बजेको बीचमा विद्युत् शॉर्ट सर्किटका कारण कार्यालयमा आगलागी भएको हो। आगलागीमा एसी, डेस्क, टेबल, सोफा, कम्प्युटर, टेलिभिजन, सीसीटीभी, दराज तथा विभिन्न कागजात पूर्णरूपमा जलेर नष्ट भएका छन्।

गुप्ताले बताएअनुसार आगलागी सुरु भएको बेला उनी कोठामा नभई छेउकै कोठामा बैठकमा रहेका थिए। “म बैठकमा थिएँ, मेरो कोठामा एसी चलेको थियो। अचानक धुवाँ देखिएपछि मात्र थाहा भयो,” गुप्ताले बताए।

हाल क्षतिको विस्तृत विवरण संकलन भइरहेको र छिट्टै सार्वजनिक गरिने वडा कार्यालयले जनाएको छ। आगलागीका कारण कार्यालयको नियमित कामकाज प्रभावित भएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस