२०८३ आश्विन २० गते, मंगलवार ०४:२०

संविधान परिमार्जन सभा गठन गर्नुपर्ने जेन–वाई रिबेलियनको माग

काठमाडौं-

भ्रष्टचार विरुद्धको आन्दोलन गरेका जेनजी युवा समुहका अभिभावकको रुपमा गठन भएको जेन–वाई रिबेलियनले संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी जेन–वाई रिबेलियनले देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेका हुन् ।

नेपालको संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना पुरा गर्न नसक्ने जेन वाई रिबेलियनका संयोजक विजय कँडेलले बताए ।

प्रेस विज्ञप्ति बाचन गर्नै उनले भने, ‘हामी सरकारका पछिल्ला कदमहरुबाट असन्तुष्ट छांै । हामीले बुझेका छांै, वर्तमान सरकारलाई संवैधानिक संकट छ । वर्तमान संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना साकार पार्न सक्दैन । देशलाई शान्ति र स्थाइत्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्छ ।’

सरकारको कामले असन्तुष्ट भएको भन्दै संसद् विघटन भइसकेको र देश संवैधानिक संकटमा फसेको बताए । ‘हामी संविधान विरोधी होइनौं, तर परिवर्तनको पक्षधर हौं । संविधान जनताको हुनुपर्छ, नेताहरूको होइन,’ उनले भने ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस