२०८३ आश्विन २० गते, मंगलवार ०४:२०

सर्पदंशपछि धामीझाँक्रीको भरपर्दा महिलाको मृत्यु

सर्लाही-

सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । बुधबार दिउँसो गोमन सर्पको टोकाइबाट ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय रविन्द्र यादवकी श्रीमती नयनदेवीलाई सर्पले डसेपछि परिवारका सदस्यले तुरुन्त अस्पताल लैजानुको साटो नजिकै रहेको विषहरा बाबा मन्दिरमा झारफुकका लागि लगेका थिए ।

झारफुकपछि पनि अवस्था गम्भीर बनेपछि मात्र उनलाई प्रादेशिक अस्पताल मलङ्गवा पु¥याइएको थियो । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत अवस्थामा ल्याइएकी नयनदेवीलाई सर्पदंशविरुद्धको एन्टीस्नेक भेनम चढाउन पाइएन । मृत घोषणा गरिएपछि पनि परिवारका सदस्यले उनलाई नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेका थिए ।

त्यहाँ पुराएपछि बिरामीको मृत्यु भइसकेकाले शव घर लैजान भनिएको थियो। प्रत्येक वर्ष सर्लाहीमा सर्पदंशका कारण मृत्यु हुने घटनामा समयमै उपचार नपाउने र धामीझाँक्रीको भर पर्ने प्रवृत्तिले ठूलो जोखिम थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस