२०८३ असार ११ गते, बिहीबार ०४:४७

माइतीघरमा आत्मदाह प्रयास गर्ने व्यक्ति नियन्त्रणमा

काठमाडौँ –
काठमाडौँको माइतीघर मण्डलामा बिहीबार आत्मदाह प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आत्मदाह गर्नुअघि नै प्रहरीले रोकेर उनलाई हाल जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको जनाएको छ।

प्रहरीका अनुसार आत्मदाह प्रयास गर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, लिसंखुपाखर गाउँपालिका–६ का कान्छाराम लामा हुन्। उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका थिए।

लामा हाल काठमाडौँमा बस्दै आएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार उनी बैंकिङ कसुरसम्बन्धी मुद्दामा फसेपछि मानसिक तनावमा रहेर यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

लामाले आत्मदाह प्रयास गर्दा माइतीघर मण्डलामा ‘जेन–जी समूह’ का प्रदर्शनकारीहरू पनि उपस्थित थिए। प्रहरीका अनुसार उनले सो समूहसँगै गएर आत्मदाहको प्रयास गरेका हुन्।

माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले अहिलेसम्म जेन–जी समूहका २५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस