२०८३ असार ११ गते, बिहीबार ०४:३१

मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छ : लिङ्देन

हेटौडा-

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको ठाउँमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् ।

राप्रपा मकवानपुरको आयोजनामा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो दृष्टिकोण प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको प्रवृत्तिका रूपमा राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी व्यवस्था महत्वपूर्ण रहेको दाबी गरे ।
उनले भने, ‘राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्रजातान्त्रिक दृष्टिकोणबाट अघि बढाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सशक्त राजा प्रणाली आवश्यक छ ।’

उनले देशको राजनीतिक अवस्थाको समिक्षा गर्दै वर्तमान प्रणालीमा सुधार ल्याउनको लागि यस्तो व्यवस्था आवश्यक रहेकोमा जोड दिएका छन् । राप्रपाका अगुवा कार्यकर्ताहरूले पनि यस विचारमा सहमति जनाएका छन् र भविष्यमा यस विषयमा थप छलफल र अभियान चलाउने तयारी गरिएको जानकारी दिएका छन् ।
कार्यक्रममा विभिन्न विचार–विमर्शपछि पार्टीको आगामी रणनीतिहरू तय गर्नका लागि कार्यकर्ता एवं नेताहरूबीच अन्य महत्वपूर्ण बिषयमा पनि चर्चा भएको थियो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस