२०८३ आश्विन २० गते, मंगलवार ०५:०८

अमेरिकाको लुईभिलमा यूपीएस कार्गो विमान दुर्घटना

काठमाडौं –

अमेरिकाको लुईसभिल मुहम्मद अली इन्टरनेशनल एयरपोर्टबाट उडान भर्ने बित्तिकै एक यूपीएस कार्गो विमान दुर्घटना भएको छ । मङ्गलबार साँझ भएको यो दुर्घटनाबारे अमेरिकी संघीय विमान प्रशासनले जानकारी दिएको हो ।

दुर्घटनामा परेको विमान यूपीएस फ्लाइट २९७६ रहेको र होनोलुलुतर्फ गइरहेको अवस्थामा स्थानीय समयानुसार साँझ ५ः१५ बजे दुर्घटनाग्रस्त भएको पुष्टि गरिएको छ ।

अमेरिकी संघीय विमान प्रशासनका अनुसार उक्त विमान म्याकडोनेल डगलस एमडी–११ मोडेलको थियो । उनीहरूले जारी गरेको विवरण अनुसार यो प्रारम्भिक जानकारी हो र परिवर्तन हुन सक्छ भनी जनाएको छ । साथै, विमान प्रशासन तथा नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अधिकारीहरू दुर्घटनास्थलतर्फ छानबिनका लागि प्रस्थान गरिसकेको बताइएको छ ।

यूपीएस एयरलाइन्सले पनि आफ्नै एक कार्गो विमान दुर्घटनामा परेको जानकारी पाएको बताउँदै, ‘सम्बन्धित विवरण चाँडै सार्वजनिक गरिनेछ,’ भनी सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएको छ ।

अमेरिकी यातायात मन्त्री शोन डफीले घटनाप्रति दुःख व्यक्त गर्दै केन्टकीबाट आएको हृदयविदारक दृश्य भएको बताएका छन् । उनले लुईसभिल समुदाय तथा विमानका चालक दलका सदस्यहरूका लागि प्रार्थना गर्न अपील पनि गरेका छन् ।

हालसम्म मानव क्षति वा दुर्घटनाको कारण सम्बन्धी कुनै जानकारी सार्वजनिक गरिएको छैन । उद्धार तथा आपतकालीन टोलीहरू घटनास्थलमा परिचालन भई छानबिन जारी रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

एएनआई

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस