२०८३ असार २२ गते, सोमबार ०९:००

पकहामैनपुरमा आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी १ दिने तालिम सम्पन्न

पर्सा-
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको विपद् व्यवस्थापन विभाग तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहकार्यमा सञ्चालित आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तरगत संरक्षणसम्बन्धी स्थानीय कार्यसम्बन्धी १ दिने तालिम आज पकहामैनपुर गाउँपालिकाको कृषि सभाकक्षमा सफलता पूर्वक सम्पन्न भएको छ।

तालिममा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, सदस्यहरू, कर्मचारी, जनस्वास्थ्यका प्रतिनिधि, साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सो तालिममा नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, सदस्य जितेन्द्र वर्मा, दिनानाथ रौनियार, धोरे उपशाखाका उपसभापति त्रिलोकी दुबे, रेडक्रस शाखाका नि.का.प्र. विरशमशेर कुर्मी, कर्मचारी मिना क्षेत्री र सन्तोष कुर्मी लगायत गरी ३५ जनाको सहभागिता रहेको थियो।

तालिमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी तालिम विभागका प्रमुख नागेन्द्र अर्यालले गर्नुभएको थियो।

कार्यक्रमले स्थानीय तहमा विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, र समुदायस्तरीय प्रतिकार्य क्षमताको सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस