२०८३ बैशाख १३ गते, आईतवार १५:३४

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रम अचानक त्रासपूर्ण बनेको छ। ह्वाइट हाउसमा पत्रकारहरूका लागि आयोजित डिनर कार्यक्रम चलिरहेकै बेला गोली चलेजस्तो आवाज सुनिएपछि हलमा अफरातफरी मच्चिएको थियो।

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले लागेर १४ पशु चौपायाको मृत्यु भएको हुनुकासाथै एक जना मानिस घाईते भएका छन् । शनिबार राति करिब ११ः३० बजे परेको चट्याङले

काठमाडौं – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको प्रतिक’ को रूपमा चित्रण गरेका छन् । नेकपा एमालेका पूर्वअध्यक्ष एवं

72e2e512-b2aa-4710-81ef-2dd6b3064166

वीरगन्जमा स्क्याम प्रकरण नक्कली बैंक भौचर प्रयोग गरी ठगी गर्ने राज सरार्फ सहित तीनजनासहित पक्राउ

वीरगन्ज-

सूर्य नेपाल प्रा.लि.का कर्मचारी बनेर विभिन्न व्यवसायीलाई लाखौँ रुपैयाँ बराबरको सामग्री ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगन्ज बस्ने २८ वर्षीय ओमकृपा सरार्फ (राज सरार्फ), ४० वर्षीय बिरेन्द्र उर्फ रामराउत कुर्मी र ३२ वर्षीय नितेश कुमार केशरी रहेका छन्। ओमकृपा सरार्फ वीरगन्जस्थित रानीघाटका स्व. गेना साह सोनारका नाति र श्यामशंकर सरार्फका छोरा हुन्।

मकवानपुर क्राइम इन्भेस्टिगेसन युनिटका इन्चार्ज प्रहरी निरीक्षक राजुराउत कुर्मीले जानकारी दिए अनुसार, वीरगंजको लिंक रोडस्थित लक्ष्मी सनराइज भवनमुनिको हार्डवेयर पसलबाट हेटौँडाबाट स्क्याममार्फत ल्याइएका ब्याट्रीहरू बरामद गरिएको छ। सिसीटीभी फुटेजले राज सरार्फको प्रत्यक्ष संलग्नता पुष्टि गरेको छ।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूले हेटौँडाका विभिन्न व्यवसायीबाट अनलाइन अर्डर गरी भुक्तानीको लागि नक्कली बैंक भौचर ह्वाट्सएपमार्फत पठाउने गर्थे। यसरी करिब १७ लाख ८७ हजार रुपैयाँ बराबरका सामग्री वीरगन्जतर्फ पठाइएको खुलासा भएको छ।

तीनै जनालाई मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद थप गर्दै अनुसन्धान जारी रहेको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी पनि तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

साभार –

 

पोडकास्ट सुन्नुहोस