२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१०

इटहरीमा लागूऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

विराटनगर-

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ बाट ठूलो परिमाणको लागूऔषधसहित एक फार्मेसी सञ्चालक दम्पती पक्राउ परेका छन्।विशेष सुराकीका आधारमा गरिएको छापामारीपछि जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार इटहरी–१२ का ५० वर्षीय नसिव नारायण चौधरीको घरमा खानतलासी गर्दा प्लास्टिकको बोरामा लुकाइराखिएको ट्रामाडोल १९ हजार ८०० क्याप्सुल तथा नियन्त्रित औषध डिकोलिक चार हजार ट्याब्लेट बरामद गरिएको छ । चौधरी ‘नसिव फार्मेसी’ सञ्चालन गर्दै आएका व्यक्ति हुन् ।

लागूऔषध बरामद भएपछि चौधरी र उनकी श्रीमती सम्झना चौधरी दुवैलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस