२०८३ आश्विन २० गते, मंगलवार ०३:३४

तत्काल पार्टी खोल्ने कुनै तयारी छैन् :दुर्गा प्रसाईँ

काठमाडौं-

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तत्काल पार्टी खोल्ने तयारीमा आफू नरहेको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफूलाई पार्टी खोल्ने ,प्रधानमन्त्री र मन्त्री बन्ने कुनै रहर नरहेको भन्दै व्यवस्था परिवर्तन भए आफूलाई पुग्ने बताए ।

त्यस्तै उनले आज आगोको भुङ्ग्रोमा देश खसेको भन्दै त्यहाँबाट देशलाई निकाल्न आवश्यक रहेको धारणा राखे ।

उनले भने,‘मलाई कुनै स्वार्थ छैन् । मैले पार्टी खोलेको छैन् । खोल्नैपरे पछि सोचौंला । पार्टी खोल्ने कुनै रहर पनि छैन् । पार्टी खोल्ने, प्रधानमन्त्री र मन्त्री बन्ने कुनै रहर छैन् । व्यवस्था परिवर्तन भएपुग्छ । मैले सबै कुरा त्यागेको छु । हिजो दलहरुले चलाउँदा देश तालामा थिए । आज आगोको भुङ्ग्रोमा खसेको छ । त्यहाँबाट देशलाई निकाल्नु छ ।’

उनले गरिबी भगाउने भनेको गरिबहरुलाई नै लखेट्ने होइन् भन्दै काठमाडौं नगर प्रहरीले भने गरिबहरुलाई लखेट्ने काम गरेको बताए ।

‘गरिबी भगाउने हो, गरिबहरुलाई नै लखेट्ने होइन् । किनकी गरिब, भूमिबिहीन र काठमाडौंमा गरिखान्छु भनेर आएका जतिपनि मान्छे छन् तिनीहरुको साथमा दुर्गा प्रसाईँ छ । तिनीहरुलाई केही पनि हुन दिँदैन् । काठमाडौंको नगर प्रहरीले गर्दा काठमाडौंका दोकानमा बोनी हुन छाडेको छ । प्रत्येक व्यापारीहरु डिप्रेसनका गएका छन्, ’उनले भने

त्यस्तै उनले मंसिर ७ गतेको आन्दोलन सम्पूर्ण नेपालीहरुको लागि भएको भन्दै त्यसमा आफ्नो कुनै स्वार्थ नभएको बताए ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस