२०८३ आश्विन २० गते, मंगलवार ०५:०८

आज मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखमाथि प्रस्ताव छलफल हुने

जनकपुरधाम –

मधेश प्रदेशसभाको अर्को बैठक बुधबार बस्ने भएको छ। उपसभामुख बबिताकुमारी राउत इसरले बैठक आह्वान गरेकी हुन्।

(आज )बुधबार दिउँसो १ बजेका लागि तोकिएको बैठकमा सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता गरिएको ‘पदअनुकूल आचरण नगरेको’ प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको उपसभामुख इसरले जानकारी गराएकी छन्।

उपसभामुखले प्रदेशसभा सदस्य तथा प्रदेशसभामा कार्यरत सम्पूर्ण कर्मचारीलाई अनिवार्य उपस्थित रहन आग्रह गरेकी छन्।

हाल सभामुख मण्डल विवादमा परेसँगै सात दलीय गठबन्धनका ७४ जना सांसदहरूले उपसभामुखको नेतृत्वमा सदन सञ्चालन गर्दै आएका छन्। यसअघि उनीहरूले नियमित भवनमा बैठक नबस्न सक्ने परिस्थितिमा सभामुखविहीनतामा प्रदेशसभा परिसरमै बैठक बसेर विधायकीय गतिविधि अघि बढाएका थिए।

मधेश प्रदेशको राजनीतिक तनाव र शक्ति संघर्षबीच बस्न लागेको बुधबारको बैठकलाई निर्णायक रूपमा हेरिएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस