२०८३ आश्विन २० गते, मंगलवार ०५:०८

सिमरा विमानस्थलको गेट तोडफोड, तनाव नियन्त्रणमा कर्फ्यु आदेश

बारा –

बाराको सिमरा विमानस्थल क्षेत्र बुधबारदिनभर तातेको छ। एमाले प्रदेश जागरण कार्यक्रममा सहभागी हुन एमाले नेताहरू आउँदै गरेको सूचना पाएपछि जेनजी युवा समूहले विमानस्थल बाहिर प्रदर्शन गरेका थिए। प्रदर्शनकै क्रममा भीड आक्रामक बनेपछि विमानस्थलको मुख्य गेट तोडफोड गरिएको बारा प्रहरीले पुष्टि गरेको छ।

स्थिति नियन्त्रित बनाउन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारी विद्रोही बनेपछि भिड तितरबितर गर्ने उद्देश्यले प्रहरी परिचालन थप गरिएको छ।

कर्फ्यु आदेश जारी

जेनजी समूह र नेकपा (एमाले) कार्यकर्ताबीच झडप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बारााले जीतपुरसिमरा उपमहानगरपालिकाका केही संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले जारी गरेको आदेश अनुसार सिमरा चोक, विमानस्थल क्षेत्र, प्रमुख सडक र सभा स्थल आसपासको क्षेत्रमा सार्वजनिक जमघट, हिँडडुल, र प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको छ।

हिंसा र अवरोधसँगै विमानस्थल बन्द

स्थिति नियन्त्रणमा आउन नसकेपछि सिमरा विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

यता कर्फ्युको घोषणा पछि पनि जेनजी समूहका प्रदर्शनकारी सडकमा उत्रिरहेका छन्। उनीहरूले विमानस्थल र मुख्य सडक आसपास टायर बालेर विरोध जारी राखेका छन्।

एमालेको प्रदेशस्तरीय जागरण कार्यक्रम बुधवार सिमरामा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा उच्चस्तरीय पार्टी नेताहरूको सहभागीता हुने जानकारी सार्वजनिक भएपछि जेनजी युवाहरूले विरोध कार्यक्रमा घोषणा गरेका थिए।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस