२०८३ आश्विन २० गते, मंगलवार ०५:०७

जसपामा ठूलो फुट: अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ नेता बाहिरिए, रेशम–महतो–अशोक राई समूह एउटै चिन्ह ‘जाँतो’मा चुनाव लड्ने

काठमाडौँ –

जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि ठूलो राजनीतिक हलचल देखिएको छ। जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहित ६ जना शीर्ष नेता आइतबार पार्टी परित्याग गर्दै नयाँ राजनीतिक एकताको प्रक्रियामा लागेका छन्।

पार्टी छाड्ने नेतामा संघीय परिषद् अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणी देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष पुष्पराज राजकर्णिकार तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर धजु रहेका छन्।

उनीहरुले नेपालमा वाम शक्ति एकता र राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताउँदै मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीसँग औपचारिक एकता घोषणा हुने जानकारी दिएका छन्।

त्यसैगरी, जसपाभित्र अर्को समुहको गतिविधि पनि तीव्र बनेको छ। जसपाको अशोक राई समुहले आइतबार राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र नाउपा नेपालका अध्यक्ष रेशमलाल चौधरीसँग चुनावी मोर्चाको सहमति गरेको छ।

तीन नेताले सहमतिपत्रमा हस्ताक्षर गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिन्हबाट चुनाव लड्ने निर्णय लिएका छन्। सहमति अनुसार अब आगामी चुनावमा नाउपा नेपालको जाँतो (चक्रिया) चिन्ह प्रयोग हुनेछ।

जसपा भित्रको निरन्तर गुटबन्दी र विभाजनले आगामी निर्वाचनमा मधेश–केन्द्रित राजनैतिक शक्ति कुन दिशातर्फ मोडिने हो भन्ने प्रश्न बलियो बनेको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस