२०८३ आश्विन २० गते, मंगलवार ०५:०७

इण्डोनेसियामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु

काठमाडौँ-

इण्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तका सात क्षेत्र र शहरहरूमा बाढी र पहिरोमा १३ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ । उत्तरी सुमात्राका आपतकालीन व्यवस्थापन, उपकरण र रसद प्रमुख वाह्युनी पन्कासिलावातीले दक्षिण तपानुली रिजेन्सीमा नौ जना र मध्य तपानुली रिजेन्सीमा चार जनाको मृत्यु भएको बताउनु भयो ।

नोभेम्बर २२ देखि २५ सम्म निरन्तर भारी वर्षाका कारण नदीहरू ओभरफ्लो भए । जसले गर्दा मध्य तपानुली, सिबोल्गा, मन्डेलिङ नताल, दक्षिण तपानुली, उत्तरी तपानुली, दक्षिण नियास र पडाङसिदिम्पुआनमा बाढी र पहिरो गएको थियो ।

अधिकारीकाअनुसार मध्य तपानुलीमा तथ्याङ्क सङ्कलन जारी रहँदा दक्षिण तपानुलीमा ३७ जना घाइते भएका छन् । तीन जना बेपत्ता छन् । प्रकोपले सयौं घर, विद्यालय र सार्वजनिक सुविधाहरूलाई पनि क्षति पु¥याएको छ । हजारौं बासिन्दाहरूलाई प्रभावित क्षेत्रहरूमा स्थानान्तरण गर्न बाध्य पारेको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस