२०८३ आश्विन २० गते, मंगलवार ०५:०७

वडा अध्यक्ष द्धारा एस.ई.ई माउत्कृष्ट अंकहासिल गर्ने विधार्थीलाई ल्यापटप वितरण

आर.के चौधरी/पर्सा-

पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष विपिन मुखियाले ०८१ सालको SEE परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका दुई विद्यार्थीका अभिभावकलाई दुई थान ल्यापटप वितरण गरेका छन्।

वडा ५ अन्तर्गत पर्ने श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाका विद्यार्थी साहिद आलम र सोनु कुमारी चौधरीले  गाउँपालिका स्तरमै श्रेष्ठ अंक ल्याउँदै उत्कृष्ट विद्यार्थीको पहिचान बनाउन सफल भएका थिए ।

हाल दुबै विद्यार्थी काठमाडौँमा अध्ययनरत रहेका कारण उनीहरू उपस्थित हुन नसकेकाले, वडा कार्यलयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष मुखियाले विद्यार्थीहरूका अभिभावकलाई सो ल्यापटप हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अध्यक्ष विपिन मुखियाले उत्कृष्ट क्षमताका विद्यार्थीलाई प्रोत्साहन गर्न वडा कार्यालय सधैं अगाडि रहने उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक विकासमा सहयोग पुर्‍याइने बताएका छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस