२०८३ आश्विन २० गते, मंगलवार ०३:३१

प्रधानमन्त्री कार्कीले भेटिन् एमाले नेताहरु

काठमाडौँ-

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरुसँग भेटवार्ता गर्नुभएको छ ।
बिहीवार बालुवाटारमा बोलाएर प्रधानमन्त्री कार्कीले एमाले नेताहरुसँग भेटवार्ता गर्नुभएको हो ।

संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल हुनुहुन्छ भने नेकपा एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभएको छ । एमालेले सरकार निर्वाचनमय वातावरण बनाउन नलागेको, एमालेका नेताहरुलाई स्थानहद तोकिएको र नेताहरुलाई कार्यक्रममा जान रोक लगाइएको भन्दै निर्वाचन गराउन सरकार प्रयासरत नरहेको बताउँदै आएको छ ।

एमालेले संसद पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतमा निवेदन समेत दिएको छ । एमालेल वर्तमान सरकार अवैधानिक रुपमा बनेकाले यो सरकारले निर्वाचन नगराउने बताएको छ । यद्यपि निर्वाचन आयोगमा गइ प्रतिनिधि सभा सदस्य निर्वाचनार्थ दल दर्ता भने गराएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस