२०८३ आश्विन २० गते, मंगलवार ०५:०७

मधेश प्रदेश सभा भवनमा कडा सुरक्षा, विश्वासको मतका लागि बोलाइएको बैठक ढिलाइ

काठमाडौं –

मधेश प्रदेश सभा भवन परिसर तथा वरिपरिका क्षेत्रमा सोमबार बिहानदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिने कार्यसूचीसहित बैठक आह्वान गरेपछि प्रवेशद्वारदेखि भवनभित्रसम्म प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको हो।

बैठक सुरु हुनुअघि तालिमप्राप्त कुकुर (स्निफर डग) मार्फत विस्तृत सुरक्षा जाँच गरिएको प्रदेश सभा सचिवालयका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले जानकारी दिए।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा सभा भवनमा रहेका सुरक्षा उपकरणहरू जलाइएपछि पछिल्ला बैठकहरूमा कुकुरकै सहयोगमा सुरक्षा सुनिश्चित गर्न थालिएको हो।

यसअघि पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन बोलाएको दिन पनि एकपटक कडा सुरक्षा जाँच गरिएको थियो।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आज बिहान ८ बजे बैठक बोलाएका थिए। तर, यो समाचार तयार पार्दासम्म बैठक औपचारिक रूपमा सुरु हुन सकेको छैन।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस