२०८३ आश्विन २० गते, मंगलवार ०५:०८

सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन् :मन्त्री गुप्ता

काठमाडौं –

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रुपमा कमजोर भएको कारण अत्यावश्यक कामहरु गर्न नसकेको बताएका छन् ।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ को अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रममा उनले भौतिक संरचनाको सन्दर्भमा धेरै काम गर्न बाँकी भएपनि सरकार अहिले आर्थिक रुपमा कमजोर रहेको बताए ।

उनले स्रोत साधनले भ्याएसम्म समस्याहरु समाधान गरेर अगाडि बढ्ने बताए ।

उनले भने, ‘सरकारले गर्नुपर्ने केही भौतिक संरचनाको कुराहरु छन्, ट्राफिक लाइट र लेनसँग जोडिएको कुरा पनि छन् । तर सरकार अहिले आर्थिक रुपमा कमजोर अवस्थामा भएको कारण चाहेको खण्डमा सबै काम गर्न सकिरहेको छैन् ।

हामीसँग भएको स्रोत साधनले जति हुन्छ समस्याहरु साधान गरेर मिलाएर अगाडि बढ्नु पर्छ ।’

यस्तै, उनले ट्राफिक र सवारी चालकहरुले एकअर्काप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने भन्दै यदि सकारात्मक दृष्टिकोण भएन भने सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम कार्यान्वयन हुन गाह्रो हुने बताए ।

आफ्नो मन्त्रालय खेलकुद मन्त्रालय मात्र नभई युवा मन्त्रालय पनि भएको भन्दै अब युवा भन्ने पक्षलाई ध्यान दिएर सबै क्षेत्रमा अगाडि बढ्ने पनि उनको भनाई छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस