२०८३ असार २२ गते, सोमबार ०८:५८

पुटिनलाई मोदीको उपहारः भागवत गीतादेखि चाँदीको घोडासम्म

New Delhi, Dec 05 (ANI): A gift given by Prime Minister Narendra Modi to Russian President Vladimir Putin, a Silver Horse- the handcrafted silver horse from Maharashtra, in New Delhi on Friday. (ANI Photo)

एजेन्सी –

भारत भ्रमणमा आएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वदेश फर्किएका छन् । भारत भ्रमण सकेर शुक्रबार अबेर राति उनी स्वदेश फर्किएका हुन् ।
मन्त्रीहरूको टोलीसहित बिहीबार साँझ दिल्ली आइपुगेका पुटिन २७ घण्टा भारत बसाइपछि रुस फर्किएका हुन् । पुटिन शुक्रबार राति करिब १० बजे रुस फर्किएका हुन् ।
उनले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरे र व्यापारिक मञ्चलाई सम्बोधन गरेका थिए । पुटिनको भ्रमणलाई भारतले विशेष महत्व दिएको थियो ।
पुटिनलाई भारतीय राष्ट्रपतिको भवन परिसरमा शुक्रबार बिहान २१ तोपको सलामी दिँदै स्वागत गरिएको थियो । त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।
पुटिनका लागि आयोजना गरिएको भिन्न भिन्न कार्यक्रममा मोदीलगायतले विभिन्न उपहारहरु प्रदान गरेका थिए ।
मोदीले पुटिनलाई चाँदीको चिया सेट, असमको राम्रो कालो चिया, भागवत गीता, कश्मीरी केसर, मार्बल चेस सेट, चाँदीको घोडालगायतका आकर्षक उपहार दिएका छन् ।९एएनआइ०

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस