२०८३ आश्विन २० गते, मंगलवार ०४:१९

गोवाको आगलागिमा परि चार नेपालीको समेत मृत्यु भएको पुष्टि

भारत-
गोवाको अरपोरा नाइट क्लबमा शनिबार मध्यराति भएको आगलागीमा परि चार जना नेपाली नागरिकको समेतको मृत्यु भएको छ । शनिबार मध्यरातमा भएको आगलागीमा परि २५ जनाको मृत्यु र ६ जना घाइते भएका मध्य होटलमा काम गर्ने ४ जना नेपालीका कर्मचारी रहेको गोवा सरकारले जनाएको छ ।

गावा सरकारले सार्वजनिक गरेको मृतकहरुको सुचिमा नेपालका चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरु नेपालका भनिए पनि ठेगाना खुलेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । गोवा सरकारले मृतक नेपाली नागरिकको शव नेपाल पठाउने तयारी गरिरहेको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

गोवा सरकारले मृतकका परिवारलाई पाँच लाख र घाइतेलाई ५० हजार भरु राहत दिने घोषणा गरेको छ ।
अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी सुरु भएको थियो । साँघुरा बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस