२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५७

जसपा नेपाल पर्साद्वारा निर्वाचन क्षेत्र पुनर्गठन र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गर्दै धर्ना

वीरगन्ज-

जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले विभिन्न ३५ सूत्रीय माग राखी आइतबार जिल्ला प्रशासन कार्यालय पर्साको मूल ढोका अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार बिहान ११:३० बजेदेखि ३ बजेसम्म आयोजित उक्त धर्नामा सहभागी नेताहरूले विद्यमान निर्वाचन क्षेत्रको पुनर्गठन गर्नुपर्ने र शासकीय स्वरूपमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए। जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार पार्टीले समान जनसङ्ख्याका आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने मागलाई प्रमुखताका साथ उठाएको छ। यसका साथै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था, संविधान संशोधन गरी राष्ट्रिय-जातीय पहिचानका आधारमा राज्यको पुनः संरचना गर्नुपर्ने र उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २०६८ (१०+१) बमोजिमको संघीयता कार्यान्वयन गर्नुपर्ने माग अघि सारिएको छ।

धर्ना कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, शशी कपूर मियाँ, करिमा बेगम, र घनश्याम गुप्ता लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। धर्नालाई सम्बोधन गर्ने क्रममा नेताहरूले शिक्षा र स्वास्थ्य सेवामा भइरहेको व्यापारीकरण बन्द गर्नुपर्ने, गरिब तथा विपन्न वर्गका लागि निःशुल्क प्राविधिक शिक्षा र रोजगारीको सुनिश्चितता हुनुपर्ने र युवाहरूलाई स्वरोजगार नहुन्जेल बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।

जसपाले भ्रष्टाचार नियन्त्रण, सुशासन, र पारदर्शिताका साथै विगतका मधेस र थरुहट आन्दोलनका क्रममा लगाइएका मुद्दाहरू खारेज गरी राजबन्दीहरूलाई रिहा गर्नुपर्ने विषयलाई पनि आफ्नो माग पत्रमा समेटेको छ। अध्यक्ष यादवले शुक्रबार र आइतबार गरी दुई दिने धर्ना कार्यक्रममार्फत सरकारलाई आफ्ना मागहरूप्रति संवेदनशील हुन दबाब दिएको बताउनुभयो। पार्टीले स्थानीय तहको निर्वाचन गैर-दलीय आधारमा हुनुपर्ने र बहुभाषिक नीति लागू गर्नुपर्ने माग समेत राखेको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस