२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५७

जेन-जी आन्दोलनको सफलता: सरकार र युवा प्रतिनिधिबीच ऐतिहासिक सम्झौता, भ्रष्टाचार नियन्त्रण र संवैधानिक सुधारमा जोड

काठमाडौं-

देशमा व्याप्त भ्रष्टाचार, कुशासन, दण्डहीनता र सामाजिक असमानताविरुद्ध सशक्त आवाज उठाउँदै आएको जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार एक महत्त्वपूर्ण सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले युवाहरूको मागलाई सम्बोधन गर्दै सुशासन र राजनीतिक स्थिरताको दिशामा मुलुकलाई अघि बढाउने अपेक्षा गरिएको छ।

सम्झौताको प्रसंगमा, सरकारले आन्दोलनकारीमाथि भएको ज्यादतीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रतिबद्धता जनाएको छ। जेन-जी प्रतिनिधिहरूले यस सम्झौतालाई सुशासन र युवा सहभागिताको नयाँ अध्याय को रूपमा व्याख्या गरेका छन्।

शहीद र घाइतेलाई न्याय

गत भदौ २३ र २४ गते जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनमा शहादत प्राप्त गर्ने व्यक्तिहरूलाई शहीद घोषणा गरी उनीहरूका परिवारलाई उचित राहत दिने व्यवस्था सम्झौतामा उल्लेख छ। यसबाहेक, आन्दोलनका घाइतेहरूलाई सरकारले निःशुल्क स्वास्थ्य उपचार, शिक्षा, रोजगारी र सामाजिक सुरक्षा प्रदान गर्ने भएको छ।

शहीदहरूको योगदानलाई अमर बनाउन शहीद स्मृति प्रतिष्ठान (मेमोरियलाइजेशन) स्थापना गरिने प्रावधान पनि सम्झौतामा समावेश छ, जसलाई जेन-जी आन्दोलनका प्रतिनिधिले न्यायपूर्ण भनेका छन्। आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनको छानबिन गरी दोषीलाई कारबाही गर्ने उल्लेख भएपछि आन्दोलनकारीहरूमा थप उत्साह बढेको छ।

भ्रष्टाचार र राजनीतिक सुधार

सम्झौताको महत्त्वपूर्ण पक्ष भ्रष्टाचार नियन्त्रणका लागि आयोग गठन गर्ने निर्णय हो। यसले मुलुकको मुख्य समस्या सम्बोधन गर्ने विश्वास लिइएको छ।

त्यस्तै, जेन-जी र सरकारबीच भएको यो सम्झौतामा नेपालको संविधानमा सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषय पनि उल्लेख छ। उक्त आयोगले समानुपातिक प्रतिनिधित्व, युवा सहभागिता र निर्वाचन प्रणालीमा परिवर्तनका लागि सुझाव दिनेछ। निर्वाचन सुधारअन्तर्गत नोटा (None Of The Above) विकल्प, प्राइमरी इलेक्शन र उम्मेदवारको उमेर सीमा २१ वर्ष कायम गर्ने जस्ता प्रावधानहरू सम्झौता पत्रमा समावेश गरिएका छन्।

यो सम्झौताले राजनीतिक दलहरूका नाममा राज्यका निकायमा भएको दलीयकरण अन्त्य र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ। सरकारलाई सल्लाह दिन जेन-जी परिषद् गठन गर्ने व्यवस्था पनि यो सम्झौता पत्रमा छ, जसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस