२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५६

थाइल्यान्ड–कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

Cambodian soldiers reload the BM-21 multiple rocket launcher in Preah Vihear province on July 24, 2025. Thailand launched air strikes on Cambodian military targets on July 24 as Cambodia fired rockets and artillery, killing a civilian, in a dramatic escalation of a long-running border row between the two neighbours. (Photo by AFP)

बैंकक –

कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बिहीबार बताएका छन् ।

उनका अनुसार द्वन्द्वले लगभग दुई लाख थाई नागरिकहरूलाई विस्थापित गरे पछि उनीहरूले हाल शरणार्थी शिविरहरूमा शरण लिएका छन् । पत्रकारहरूको साक्षातकारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट गरिएको जनाउँदै अहिलेसम्म ८४९ वटा शरणार्थीहरू शिविरहरू स्थापना गरिएको बताएका छन् ।

यसैबीच झडपमा लगभग २०० अस्पताल तथा क्लिनिकहरू प्रभावित भएको जनाइएको छ ।

थाइल्यान्ड सेनाका क्षत्रिय कमान्डले बिहीबार सामाजिक सञ्जालको पोस्टमा कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानहरूमा गोलीबारी गर्दै झडप अझै जारी रहेको बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस