२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५३

वीरगन्जमा प्याब्सनको दोस्रो ‘टी–१०’ क्रिकेट मंगलबारदेखि, ६७ टिम भिड्दै

वीरगन्ज-

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगन्ज महानगर समितिको आयोजनामा ‘दोस्रो संस्करणको गर्ल्स तथा जुनियर ब्वाइज टी–१० नकआउट क्रिकेट प्रतियोगिता’ मंगलबार (भोलि) देखि सुरु हुने भएको छ ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउँदै अनुशासन, नेतृत्व क्षमता र टिमवर्कको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

वीरगन्जस्थित आदर्शनगर रंगशालामा सञ्चालन हुने प्रतियोगितामा प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका ३३ वटा छात्रा (Girls) टिम र ३४ वटा जुनियर छात्र (Junior Boys) टिम गरी कुल ६७ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्याब्सनवीरगन्जका सचिव अमित आलोकले खेल तालिका र पुरस्कार राशीबारे जानकारी गराए । उनका अनुसार प्रतियोगिताको उद्घाटन पुस २ गते बिहान ११ बजे हुनेछ भने समापन पुस १६ गते गरिनेछ ।

सचिव आलोकका अनुसार प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, प्लेट च्याम्पियनसिप विजेतालाई पनि ट्रफीको व्यवस्था गरिएको छ ।

व्यक्तिगत विधातर्फ ‘प्लेयर अफ द टुर्नामेन्ट’, ‘उत्कृष्ट ब्याटर’, ‘उत्कृष्ट बलर’, ‘उत्कृष्ट फिल्डर’ र ‘सर्वाधिक अनुशासित टिम’ लाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै, प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ र फाइनल खेलको उत्कृष्ट खेलाडीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकले वीरगञ्जको खेलकुद विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको छ । विशेषगरी छात्रातर्फको क्रिकेट प्रवर्द्धन गर्ने र भविष्यका लागि दक्ष खेलाडी उत्पादनमा यो प्रतियोगिताले कोसेढुङ्गाको काम गर्ने विश्वास प्याब्सन वीरगञ्जले लिएको छ । टी–१० (१० ओभर) को नकआउट फर्म्याटमा खेलाइने हुँदा सीमित समयमा विद्यार्थीले आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् ।

पत्रकार सम्मेलनमा प्याब्सन वीरगञ्जका नगर अध्यक्ष राहुल श्रीवास्तव, वरिष्ठ सल्लाहकार अशोक सङौला, सल्लाहकारहरू अलोक चौरसिया, विजय बल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता सफल पार्न आयोजकले सम्पूर्ण अभिभावक, शिक्षक, खेलप्रेमी तथा सञ्चारकर्मीमा सहयोगको अपिल गरेको छ ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस