२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५३

पहाडी जिल्लाबाट तराई हुँदै भारत लैजान खोजिएको गाँजा–चरेसले प्रहरीको व्यस्तता बढ्यो

वीरगन्ज-

पहाडी जिल्लामा उत्पादन हुने प्रतिबन्धित लागुऔषध गाँजा र चरेस तराई हुँदै भारततर्फ लैजान खोजिन थालेपछि तराई क्षेत्रका प्रहरीको व्यस्तता बढेको छ।

नेपालका मध्य पहाडी जिल्ला मकवानपुर, चितवन, धादिङलगायतका स्थानमा उत्पादन भएका गाँजा र चरेस भारततर्फ ओसारपसार गर्न कारोबारीहरूले तराईका क्षेत्र प्रयोग गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले चौबीसै घण्टा निगरानी बढाएको छ।

यसैक्रममा पहाडी जिल्लाबाट झारिएको एक सय ७३ किलो गाँजा सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सोमबार राति वीरगन्ज महानगरपालिका–१७ कोनियाबाट उक्त परिमाणको गाँजा सहित रामेछाप खाँडादेवी गाउँपालिका–१ निवासी २८ वर्षीय सुबराज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

भारततर्फ लागुऔषध लैजान लागिएको सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा कोनिया सडकखण्डमा खडा रहेको बा २१ च ७८५५ नम्बरको पिकअप गाडी जाँच गर्दा गाडीभित्र लुकाइराखिएको १२ पोका गाँजा बरामद भएपछि चालक श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो।

बरामद गरिएको गाँजा, प्रयोग गरिएको सवारीसाधन र पक्राउ परेका व्यक्तिलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराई लागुऔषध मुद्दामा ७ दिनको अनुसन्धान म्याद लिइएको उहाँले बताउनुभयो।

पछिल्लो समय पर्साका विभिन्न स्थानबाट प्रहरीले नियमित रूपमा ठूलो परिमाणमा गाँजा तथा चरेस बरामद गर्दै आएको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस