२०८३ जेष्ठ ७ गते, बिहीबार १२:०८

नेपाली काँग्रेस पर्साद्वारा ४३ जनाको नाम सिफारिस

वीरगन्ज-
नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्साले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक प्रणाली र राष्ट्रिय सभा सदस्यका लागि गरी ४३ जनाको नाम सिफारिस गरेको छ।

वीरगन्ज महानगरपालिका–२४, रामगढवामा अवस्थित पार्टी कार्यालयमा बुधबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाका चारवटै निर्वाचन क्षेत्रीय समितिबाट प्राप्त सिफारिसलाई सर्वसम्मत रूपमा पारित गर्दै केन्द्रिय कार्यालयमा पठाउने निर्णय गरेको हो।

जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ११ जना, समानुपातिकतर्फ २१ जना तथा राष्ट्रिय सभातर्फ ११ जनाको नाम सिफारिस गरेको निर्णय गरेको छ।

नेपाली काँग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले जानकारी दिएअनुसार निर्वाचन क्षेत्र नं. १ र ४ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ एक–एक जनाको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ ३ जना पुरुष र २ जना महिला गरी ५ जनाको नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं. १ बाट केन्द्रिय सदस्य अनिलकुमार रुङटा र निर्वाचन क्षेत्र नं. ४ बाट केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नं. २ बाट केन्द्रिय सदस्य एवं पूर्वमन्त्री अजयकुमार चौरसिया, पूर्व जिल्ला सभापति राजेन्द्रबहादुर अमात्य, मदनप्रसाद यादव तथा महिला तर्फ सबनम खातुन र लालकुमारी रामको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नं. ३ बाट पूर्वमन्त्री सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, शम्भु चौहान, भगवती चौधरी र अपर्फी साहको नाम सिफारिस गरिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो।

समानुपातिकतर्फ निर्वाचन क्षेत्र नं. १ बाट ईश्वरभक्त श्रेष्ठ, राजकृष्ण अमात्य, राधेश्याम चौरसिया, किरण सरकार र बुलेन रामको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नं. २ बाट गम्भीरा साह तेली र राजनाथ ठाकुर तथा महिला तर्फ रिता देवी गुप्ता, जुनमाया बल, विद्या श्रेष्ठ, रूपा देवी श्रेष्ठ र उत्तमा प्याकुरेलको नाम सिफारिस गरिएको छ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. ३ बाट धुर्व कुशवाहा, मकेशप्रसाद कुर्मी, मनोज यादव, योगेश यादव, पंचम गौरो र मिना पाण्डे तथा निर्वाचन क्षेत्र नं. ४ बाट वृहस्पति कृष्ण श्रेष्ठ र सुजाता देवीको नाम समानुपातिकतर्फ सिफारिस गरिएको छ।

राष्ट्रिय सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं. १ बाट शम्भु हजारा दुसाद र अनामिका कुमारी यादव, निर्वाचन क्षेत्र नं. २ बाट राकेश सिंह, श्यामकुमार पोखरेल, कनैयालाल बनिया, संजय पासवान, प्रेमचन्द्र दुबे र सुखल हजारा, निर्वाचन क्षेत्र नं. ३ बाट लालन द्विवेदी र सिन्धु महतो तथा निर्वाचन क्षेत्र नं. ४ बाट रमेश पाण्डेको नाम सिफारिस गरिएको छ।

बैठकले निर्वाचन क्षेत्र नं. २ का राकेश यादवले आफूलाई सिफारिस सूचीबाट छुटाइएको भन्दै दिएको निवेदनमाथि समेत छलफल गरेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो। क्षेत्रीय समितिले प्रत्यक्षतर्फ नाम सिफारिस गरे पनि अन्तिम सूचीमा नसमावेश भएपछि यादवले निवेदन दर्ता गराएको उहाँले बताउनुभयो।

बैठकमा पार्टीका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रमेश रिजाल, अजयकुमार चौरसिया, केन्द्रिय सदस्य अनिल रुङटा, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस