२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१७

बढ्दो शीतलहर र बाक्लो हुस्सुबाट जोगिन पर्सा प्रशासनको विशेष अपिल

वीरगन्ज-

पर्सा जिल्लाभर शीतलहर र जाडोको प्रकोप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ। केही दिनदेखि जिल्लाका सबै क्षेत्रमा बाक्लो हुस्सु लाग्ने र तापक्रम घट्ने क्रम सुरु भएकाले यसबाट जोगिन प्रशासनले सुरक्षाका उपायहरू सार्वजनिक गरेको हो।

विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, सीमान्तकृत वर्ग र विपन्न समुदाय चिसोको प्रत्यक्ष जोखिममा रहने भन्दै उनीहरूको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिन आग्रह गरिएको छ।

प्रशासनले जारी गरेको सूचनामा न्यानो लुगाको जोहो गर्न, शरीरको सबै भाग ढाक्ने गरी बाक्लो कपडा लगाउन र टाउको तथा छाती अनिवार्य रूपमा ढाक्न भनिएको छ। चिसोबाट बच्न बेलाबेलामा तातो पानी र पोषिलो तातो झोल पदार्थ प्रशस्त मात्रामा पिउन सुझाव दिइएको छ। जाडोको समयमा घरबाहिर वा खुला स्थानमा धेरै समय नबस्न र सुत्दा न्यानो ओढ्नेको प्रयोग गर्न समेत आग्रह गरिएको छ।

कोठाभित्र आगो बालेर तातो पार्दा वा विद्युतीय हिटरको प्रयोग गर्दा झ्याल-ढोका पूर्ण रूपमा बन्द नगर्न प्रशासनले सचेत गराएको छ। कोठामा पर्याप्त अक्सिजन आवतजावत हुने सुनिश्चित गर्न र सुत्नुअघि अनिवार्य रूपमा आगो निभाउन वा हिटर बन्द गर्न निर्देशन दिइएको छ। पर्याप्त हावा नहुँदा निसास्सिएर ज्यान जान सक्ने जोखिमलाई मध्यनजर गर्दै यो सावधानी अपनाउन भनिएको हो।

चिसोका कारण घरपालुवा पशुपन्छी समेत प्रभावित हुने भएकाले उनीहरूलाई खुला स्थानमा नराख्न र पर्याप्त घाँस, पराल र दानाको व्यवस्था गर्न भनिएको छ। पशुपन्छी बिरामी भएमा तुरुन्त नजिकैको पशु चिकित्सालयमा सम्पर्क गर्न सुझाइएको छ। यस्तै, मानिसमा ज्वरो आउने, झाडापखाला लाग्ने, खोकी लाग्ने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

बाक्लो हुस्सुका कारण सडकमा भिजिबिलिटी (दृश्यता) कम हुने भएकाले सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन भनिएको छ। हुस्सु लागेको बेला सवारीको गति सीमित गर्न, अनिवार्य रूपमा फग लाइट बाल्न र आवश्यक परे हेडलाइट तथा हर्नको प्रयोग गर्न ट्राफिक प्रहरी र प्रशासनले अनुरोध गरेको छ।

पर्सा जिल्लाबासीको सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनले शीतलहरको जोखिम न्यूनीकरणका लागि यी उपायहरू कडाइका साथ पालना गर्न सबैमा हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस